Rule 20
जग्गाधनीलाई जग्गाको निस्सा दिने
(१) यस परिच्छेद बमोजिम मोठ जम्माबन्दी
तयार भए भएका जग्गाको जग्गावालालाई र सुरक्षित किसान भए निजलाई समेत
आफ्ना हकका जग्गाको निस्सा लिन आउनु भनी हाकिमले सूचना दिनुपर्छ ।
(२) उपनियम (१) बमोजिम सूचनामा हाजिर हुन आउने व्यक्तिको सही छाप
निजको नाम लेखिएको ठाउँ जम्माबन्दीमा गराई जग्गावालालाई जग्गाको नम्बरी
पूर्जा र सुरक्षित किसानलाई सुरक्षित किसानको हकको पूर्जा ढाँचा बमोजिमको
फाराममा दिनुपर्छ ।
(३) पूर्जाको ढाँचा फाराम नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(४) यस नियम बमोजिम पूर्जा दिंदा जग्गावालाबाट प्रत्येक पूर्जाको ने. रु.
पच्चीस पैसा पूर्जा दस्तुर लिइनेछ ।